काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लाग जनताको भान्सामा विष पुर्याउन नपाइने बताएका छन् ।अहिलेका सत्ता गठबन्धनका नेताहरू सत्ता स्वार्थमा लागेर देशको स्वाभिमान झुक्ने काम गरेको उनले आरोप लगाए ।
सुखानी घटनाको ५० औं स्मृति दिवसमा आइतवार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले सरकारले भारतबाट आउने तरकारी र फलफूलको परीक्षण रोकिएको बारे आपत्ति जनाएका हुन् ।
‘सत्ताको स्वार्थका लागि जनताको भान्सामा विष पुर्याउन पाइँदैन, राष्ट्रको अस्तित्वमा खेलवाडवपूर्ण ढंगले जोखिम गर्न पाइँदैन’, ओलीले भने, ‘नेपाली जनतालाई आग्रह गर्न चाहन्छु, हाम्रा पुर्खाले साहै ठूलो बलिदानबाट बहादुरी आर्जन गरे, त्यो बहादुरीले यो भूमि जोगाए । हामीले स्वाभिमान झुक्न दिनु हुँदैन ।’
ओलीले आफूले हिजो बोलेको कुरालाई विवादास्पद बनाउन कोशिस गरिएको गुनासो गरे । ‘मैले हिजो मात्र बोलेका कुरालाई विवादास्पद बनाउन कोशिस गरियो । म दोहोर्याएर भन्न चाहन्छु । हामी हामो राष्ट्रियतालाई, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई प्यारो गर्छौं । भौगोलिक अखण्डता, भूमिलाई प्यारो गर्छौँ, माया गर्छौं । राष्टको स्वाधीनता र स्वभामिानलाई अत्यन्तै माया गर्छौँ । यसमा कसैले अतिक्रमण गर्नु, होच्याउने कुरा सहँदैनौ, स्वीकार्दैनौँ’, ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन