काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक बसिरहेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
बैठकले निर्वाचनको परिणामको समीक्षादेखि पार्टीको आगामी योजना तय गर्नेछ। यसअघि कार्यसंयोजन समितिको बैठक बिहीबार बसेको थियो।
यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए ।
समीक्षात्मक प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि दिइएको छ । बिहीबारको बैठकमा पार्टी एकता र समायोजन, महाधिवेशन, आगामी कार्य योजना लगायत एजेन्डा पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ: नेकपा
संसदमा सरकारका कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने नेकपाको निर्णय
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक