काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा, चरेस र हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो ।
१५ सय १५ किलो लागुऔषध गाँजा, १३ किलो चरेस, एक थान अवैध भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल र म्याग्जिनसहित ६ राउण्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६, दुम्सिखर्कमा ७६ वर्षीय जीतबहादुर मोक्तान, सोही ठाउँका २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले, २२ वर्षीय शेखर घले रहेका छन् ।
जीतबहादुरको घर र गोठमा खानतलासी गर्दा शुक्रबार बेलुका लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो