मकवानपुरमा १५ सय किलो गाँजा, भरुवा बन्दुक सहित पाँचजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १४ फागुन २०७९, ०८ : ५२
मकवानपुरमा १५ सय किलो गाँजा, भरुवा बन्दुक सहित पाँचजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा, चरेस र हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो ।

१५ सय १५ किलो लागुऔषध गाँजा, १३ किलो चरेस, एक थान अवैध भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल र म्याग्जिनसहित ६ राउण्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६, दुम्सिखर्कमा ७६ वर्षीय जीतबहादुर मोक्तान, सोही ठाउँका २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले, २२ वर्षीय शेखर घले रहेका छन् ।

जीतबहादुरको घर र गोठमा खानतलासी गर्दा शुक्रबार बेलुका लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।