एजेन्सी । प्यालेस्टाइनको मध्यगाजा क्षेत्रस्थित देइर अल बलहमा चिसोका कारण एक शिशुको मृत्यु भएको छ । इजरायलले नाकाबन्दी गरेका कारण यहाँका जनताले मानवीय संकट व्यहोरिरहेका छन् । अस्थायी पालमा बसेका प्यालेस्टिनीहरूलाई तीव्र हावा र वर्षाले सताएको छ । धेरैजसो आश्रयस्थलहरू प्लास्टिकको पातलो टेन्टबाट बनेका छन् ।
गाजामा विभिन्न गैरसरकारी तथा मानवीय उद्धारमा कार्यरत संस्थाहरूले हस्तान्तरण गर्नका लागि ल्याएका टेन्ट र अन्य आधारभूत सामग्रीहरूमाथि इजरायलले रोक लगाएको छ । यो अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो । जुन गत अक्टोबरमा हमाससँग भएको युद्धविराम सहमतिका समयमा इजरायल आफैंले व्यक्त गरेको प्रतिबद्धताविपरीत पनि हो । हालैका दिनहरूमा गाजामा रातको तापक्रम ९ डिग्री सेल्सियस (४८ डिग्री फरेनहाइट) सम्म झरेको छ ।
गाजाको नागरिक रक्षा विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भवन निर्माण सामग्रीको प्रवेशमा लगाइएको रोक र पुनर्निर्माणमा अवरोधका कारण यहाँ ठूलो मानवीय समस्या निम्तिएको छ ।’ इजरायली सेनाले गरेको व्यापक हमलाका कारण प्यालेस्टाइनमा धेरै घरहरू बस्नयोग्य छैनन् । प्यालेस्टिनीहरू समुद्र तटमा पाल टाँग्न बाध्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरामा उल्लेख छ ।
गाजा सहरमा रहेकी अलजजिराकी हिन्द खौदरीले धेरै ठाउँमा पालहरू नष्ट भएको बताइन् । ‘यी पालहरू मर्मत गर्ने कुनै उपाय छैन, किनभने परिवारहरूसँग त्यसका लागि आवश्यक सामग्री छैन,’ उनले भनिन् । गत साता प्यालेस्टिनी गैरसरकारी संस्था नेटवर्कका निर्देशक अमजद शावाले गाजाका २२ लाख बासिन्दामध्ये लगभग १५ लाखले इजरायल र हमासबीचको युद्ध दौरान घरबार गुमाएको बताएका थिए । संयुक्त राष्ट्रसंघका अनुसार दुई वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धमा इजरायलले यस क्षेत्रका लगभग ८० प्रतिशत भवनहरू ध्वस्त वा क्षतिग्रस्त पारेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २८ पुस २०८२, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु