काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटको प्रवर्धन र विकासका लागि आफ्नो वार्षिक आयमा आधारित आइसीसी अनुदानबाट ५ लाख अमेरिकी डलर खर्च गर्ने निर्णय गरेको छ।
क्यानको बोर्ड बैठकले हालै यो योजना स्वीकृत गरेको हो। संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ कि आइसीसी फन्डिङ निर्देशिकाअनुसार यो वर्षदेखि महिला क्रिकेटसँग सम्बन्धित कार्यक्रम र परियोजनामा सो रकम खर्च हुनेछ।
यस निर्णयले नेपालमा महिला क्रिकेटको संरचनात्मक विकास र अवसर सृजना गर्ने प्रयासलाई थप बल दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली महिला क्रिकेटमा रुविनाको अर्को ऐतिहासिक उपलब्धि