काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय सुधार कार्यान्वयन गर्न १० वटा मुख्य कार्यक्रम अनुमोदन गरेको छ।
मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार तयार गरिएको योजनाले छरितो, नागरिकमैत्री र प्रविधिमैत्री सार्वजनिक सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।
नयाँ कार्यक्रम अन्तर्गत नागरिक एपमार्फत सरकारी सेवाहरू एकीकृत गर्ने, हुलाक सेवालाई सरकारी कुरियर प्रणालीमा रूपान्तरण गर्ने र सवारी चालक अनुमति पत्र छपाइ छिटो गर्ने जस्ता पहल समावेश छन्।
त्यस्तै, हुलाक सेवा मार्फत राहदानी, चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र नेपाल टेलिकमका सिमकार्डसहित कागजातहरू ७७ जिल्लामा वितरण गरिनेछ। स्वास्थ्य परीक्षणका नमुना सुरक्षित रूपमा प्रयोगशालासम्म पुर्याउने व्यवस्था पनि कार्यान्वयन हुने मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, २० : ५६
लेखकबाट थप