एजेन्सी । गाजाको नागरिक रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको बताएको छ ।
इजरायल र हमासले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै गत महिना दोस्रो चरणमा प्रवेश गरेको अमेरिकी मध्यस्थताको युद्धविरामको बाबजुद प्यालेस्टिनी क्षेत्रमा हिंसा जारी छ ।
हमास अधिकारीहरूलगायत उद्धार बलको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीले एएफपीलाई मध्य गाजामा शुक्रबार भएको हवाई आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको बताएको छ ।
मध्यरातको समयमा गाजापट्टीको दक्षिणमा भएको ड्रोन आक्रमणमा तीनजनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएको एजेन्सीले जनाएको छ । अक्टोबर १० देखि लागु भएको युद्धविरामका सर्तहरूअन्तर्गत, इजरायली सेनाहरू निर्धारित स्थानहरूबाट फर्किए पनि आधाभन्दा बढी क्षेत्र नियन्त्रणमा अझै पनि नियन्त्रणमा रहेको जनाइएको छ ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले युद्धविराम सुरु भएपछि यस क्षेत्रमा निरन्तर आक्रमण जारी रहँदा कम्तीमा ६०१ जनाको मृत्यु भएको बताएको छ । यसैबीच इजरायली सेनाले यो अवधिमा भएका आक्रमणमा कम्तीमा चार सैनिक मारिएको बताएको छ ।
गाजामा मिडिया प्रतिबन्ध र सीमित पहुँचले स्वतन्त्र रूपमा मृतकको संख्या प्रमाणित गर्न वा स्वतन्त्र रूपमा वास्तविक समाचार सम्प्रेषण गर्नबाट रोकेको एएफपीले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १६ फागुन २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु