काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ ।रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए ।
जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै