काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि आजबाट साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
लघुवित्तले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका सेयर निष्कासन गरेको हो ।
कम्पनीले दुई लाख तीन हजार ३८० कित्ता सेयर निष्कासन गरेको छ । सर्वसाधारणले भने एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा यही १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरोसेयर खातामार्फत आवेदन दिन सक्नेछन् ।
आर्थिक वर्ष २०७८र७९ को अपरिष्कृत वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा छ । लेखापरीक्षण भइसकेको वास्तविक वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा छ ।
कम्पनीको पहिलो सेयर कारोबार एक हजार रुपैयाँभन्दा बढीमा हुने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सूचीकृत कम्पनीलाई पहिलो कारोबारका लागि वास्तविक नेट्वर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला