काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभामुखमा निर्वाचित भएपछि आज पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख अर्यालले संसद्लाई निष्क्रियता नभई सक्रिय कार्यसम्पादनको थलो बनाउन तथा सदनलाई असल संवैधानिक अभ्यासबाट सुसञ्चालन गर्न सबैसँग सहयोगको अपेक्षा गरे।
सभामुख अर्यालले जनताले पाँच वर्षका लागि आफूहरूलाई निर्वाचित गरेको केवल अधिकार मात्र नभई सुशासन र आर्थिक विकासका लागि जिम्मेवारीको अवसर भएको बताए।
“जेन जेड आन्दोलनको मर्मअनुसार देशमा सुशासन कायम र आर्थिक विकास होस् भनी जनताले हामीलाई विश्वाससहित जिम्मा लगाउनुभएको छ,” सभामुख अर्यालले भने, “कुनै पनि बहानामा त्यो विश्वास गुम्न हामीले दिनु हुँदैन ।”
निर्वाचनका क्रममा गरिएका वाचा र प्रतिबद्धतालाई मतदाता र जनप्रतिनिधिको राजनीतिक सम्झौता भएकाले समयबद्ध योजना बनाएर विधि निर्माण गर्न काममा लाग्न सभामुख अर्यालले आह्वान गरे । उनले आफूलाई निर्विरोध निर्वाचित गर्ने सबै दललाई धन्यवाद पनि दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ: सभामुख अर्याल
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट
आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता