काठमाडाैँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताए । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्रसारमा सहयोग पुर्याउने बताउँदै उनले भने, “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ ।”
दुई लाख ५० हजार अवलोकनकर्ताका साथै रु पाँच करोडको कारोबार गर्दै नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आज सम्पन्न भएको हो ।महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदारहँदै पनि उपप्रधान तथा अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताए ।
धेरै समस्या हुँदाहुँदै पनि मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै मेला संयोजक शोभा गुरुङले भनिन्, “देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरूले गरेको योगदानको उचित कदर हुनसकेको छैन ।”
मेलामा कति खरिद–बिक्री भयो, कति मान्छे आए भन्नुभन्दा पनि स्वदेशी वस्तुको बजारीकरण कति हुनसक्यो त्यो महत्वपूर्ण रहेको मेला संयोजक गुरुङको भनाइ छ । सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्घता गरेकाले र सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ फागुन २०७९, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट अभावमा लुम्बिनी गुरुयोजना रोकिँदैन: अर्थमन्त्री पौडेल
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता: अर्थमन्त्री पौडेल
रसुवाको बाढी प्रभावित क्षेत्रमा जाँदै अर्थमन्त्री पौडेल
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने- ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ: अर्थमन्त्री पौडेल