काठमाडौँ । संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ ।
बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने विषयमा पनि छलफल हुने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
सर्वदलीय बैठकमा चुनावी सुरक्षाबारे दलहरूको चासो
प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु