काठमाडौं । नुवाकोटको विदुर नगरपालिका– १२, चैनपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्य भएको छ । बिहीबार विदुर नगरपालिका–४, बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर २३ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेहरुमा विदुर नगरपालिका–३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ फागुन २०७९, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो