काठमाडौं । मौद्रिक नीति समीक्षापछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । मौद्रिक नीति समीक्षापछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो ।
मंगलबार बजार परिसूचक नेप्से १६.४० अंक (०.७७ प्रतिशत) ले गिरावट हुँदा २१०५.४६ अंकमा बन्द भएको छ । उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । यता लगानी उपसूचक १.०२ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमको गिरावट भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्बबाट तल झरेको छ । मंगलबार नेप्सेमा कुल १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक ७ करोड ७५ लाख ६५ हजारको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ७ करोड ७४ लाख २० हजार र एनआईसी एशिया बैंकको ६ करोड ९० लाख ७० हजारको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा २१५ कम्पनीको सेयर कारोबार हुँदा १६२ कमपनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ४५ कम्पनीको सेयरमूलय वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशतले वृद्धि हुँदा राप्ती हाइड्रपावरको ५.२३ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ फागुन २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार