काठमाडौं । सेयर बजारमा आइतबार नेप्से सूचक उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ६०.८८ अंकले घटेर दुई हजार एक सय २१ दशमलब ७५ विन्दुमा बन्द भएको हो ।
आज शेयर बजारमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने तीन अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।
आज कुनै पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । आजको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनीमा खप्तड लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आइतबार ६ कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट हुँदा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार