काठमाडौं । सेयर बजारमा आइतबार नेप्से सूचक उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ६०.८८ अंकले घटेर दुई हजार एक सय २१ दशमलब ७५ विन्दुमा बन्द भएको हो ।
आज शेयर बजारमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने तीन अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।
आज कुनै पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । आजको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनीमा खप्तड लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आइतबार ६ कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट हुँदा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक