सेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ४७ करोडको कारोबार

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, १५ : २१
सेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ४७ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा आज नेप्से सूचक सामान्य अंकले बढेको छ । आज नेप्से ४.५७ अंकले बढेर दुई हजार एक सय दशमलव ६५ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १.५४ अंकले बढेर दुई हजार एक सय ९६ दशमलब ८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको । आज नेप्सेमा एक अर्ब ४७ करोड ४१ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ९३ करोड १७ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ३३३ दशमलव ८० रुपैयाँ पुगेको छ ।

आज लक्ष्मी बैंक डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ४५ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस