सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०८२, २० : ०१
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

पूर्वाधार विकास कार्यालयले युनानान निर्माण सेवा उदयपुर, विश्वशिखर निर्माण सेवा उदयपुर, अर्जुन पइन्ट इन्जिनियर डेप्लोपर्स प्रा. लि काठमाडौँ, राइट ब्रोदर आरटिडी जेभी, इमो बुइल्डर्स प्राइभेट लिमिटेड, शिलान्यास इन्जिनियरिङ कन्सल्टिङ प्रा लि धादिङ, शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङ, अन्सुबी–नेपाल–फूलबारी–पिंगला जेभी, एसआर कन्स्ट्रक्सन खोटाङ, निर्मा मन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि खोटाङ, रानासाम्पाङ कन्स्ट्रक्सन प्रा लि खोटाङ, भीषणहाङ कन्स्ट्रक्सन प्रा लि भोजपुर, बराहपोखरी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा लि काठमाडौँ, पाथीभरा निर्माण सेवा उदयपुर, धनसुना कन्स्ट्रक्सन, बी एन्ड बी निर्माण सेवा उदयपुर, खोक्चिीलिपा–साल्मे आरटिडी जेभी, डिबी कन्स्ट्रक्सन उदयपुर र डिजी निर्माण सेवा खोटाङलाई स्पष्टीकरण सोधेको छ ।

शान्तिभूमि कन्स्ट्रक्सन प्रा लि खोटाङले तीन तथा विश्वशिखर निर्माण सेवा उदयपुर, पाथीभरा निर्माण सेवा उदयपुर, बी एन्ड बी निर्माण सेवा उदयपुर, डिबी कन्स्ट्रक्सन उदयपुर र अर्जुन पोइन्ट इन्जिनियर डेप्लोपर्स प्रा लि काठमाडौँले दुई/दुईवटा योजनाको ठेक्का सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस