काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले ‘हेलो सरकार’बाट आएका गुनासोलाई सम्बोधन गर्नका लागि आफ्नो मातहतका ४६ स्वास्थ्य संघसंस्थालाई जति सक्दो चाँडो ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन दिएको जानकारी दिए।
उनले सरकारले जारी गरेको शासकीय सुधारका कार्यक्रमको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक ‘प्लेटफर्म’का रुपमा विकास गर्नका लागि फोकल पर्सन तोकेर पठाउन मन्त्रालयमा मातहतका निकाय, अस्पताल र प्रतिष्ठानलाई निर्देशन दिएको बताए । उनले ति फोकल पर्सनले हेलो सरकारबाट प्राप्त भएका नागरिकका गुनासो सम्बोधनका गर्ने बताए ।
स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ४६ वटा विभाग/अस्पताल/प्रतिष्ठानलाई पत्र पठाइएको सूचना अधिकारी डा. केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता
वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह