स्रोत नखुलेको २० लाख रकमसहित एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, ०८ : २६
स्रोत नखुलेको २० लाख रकमसहित एक जना पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको २० लाख रकमसहित वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले स्रोत नखुलेको रकमसहित बारा बिश्रामपुर गाउँपालिका- ४ बस्ने २७ वर्षीय श्याम किशोरप्रसाद साहलाई पक्राउ गरेको हो।

प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज- १६ रजतजयन्तीचोकस्थित सडक खण्डमा चेकजाँच गर्नेक्रममा उनलाई रकमसहित पक्राउ गरेको हो।

प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकलमा सवार साहलाई चेकजाँच गर्नेक्रममा उनको साथबाट हजार दरका १६०० थान र पाँच सय दरका ८०० थान गरी २० लाख रकम र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको रकमको स्रोत खुलाउन नसकेपछि साहलाई नियन्त्रणमा लिइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस