काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् । बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन् । महासचिव चन्दले स्वास्थ्य क्षेत्र राज्यले जिम्मा नलिँदा सामान्य रोगबाट समेत जनताको ज्यान गइरहेको बताए ।
‘पैसा हुने जसरी पनि बाँचेका छन् । पैसा नहुने जनता भने सामान्य बिरामी हुँदा मरिराखेका छन् । त्यसैले राज्यसँग हामी लडिराखेका छौँ’ विप्लवले भने, ‘अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा परेको छ । दुःखका साथ भन्नुपर्छ । ठुला ठुला भौतिक संरचना बनाएर स्वास्थ्यमा व्यापारीकरण भइरहेको छ । त्यसैले हामी भन्दै आएका छौँ स्वास्थ्य र शिक्षा राज्यले हेरिदिओस् ।’ बिरामी देखाएर स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको विप्लवले बताए ।
‘स्वास्थ्यमा राज्यले जनताको दायित्व लिनुपर्छ । स्वास्थ्य क्षेत्रलाई राज्यले लिन सम्भव पनि छ’ उनले भने, ‘जति विकसित देशहरू छन् ती देशका नागरिकको स्वास्थ्यको जिम्मा लिँदा जनता राज्यप्रति ढुक्क छन् । सकेसम्म जनताले राज्यबाट सेवा पाएका छन् ।’ स्वास्थ्य क्षेत्र राज्यले जिम्मा लिने वातावरण बनाउन सबैले दबाब बढाउनुपर्ने विप्लवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव