काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताएका छन् ।
सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्री प्रचण्डले आफूले छिटै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षण गर्न लागेको बताएका हुन् ।
“म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदै छु । खबरदारी र निरन्तरको चासो र त्यप्रतिको लगावले मात्रै विकास, सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्नुहोला ।’’ उनले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा कहिले निस्किने त्यो भने खुलाएका छैनन् ।
प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्नेमा उनको जोड थियो । “हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ । तर, प्रदेशहरू केन्द्रप्रति निर्भर हुनेजस्तो अवस्था अन्त्य गर्नुपर्छ । त्यसका लागि प्रदेशहरू नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ । प्रदेशहरूमा राम्रो गरेपछि केन्द्रीय तहमा नेतृत्व गर्ने संस्कृतिका लागि हामी गम्भीर हुनुपर्छ ।’’
निर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजनामा मात्रै वार्षिक करिब ८० अर्ब रुपैयाँ विनियोजन हुँदै आएको छ । तर, अपेक्षित काम हुन नसकेको चौतर्फी गुनासो आउने गरेको छ ।
समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न विभागीय मन्त्री र संसदीय समितिहरूले बेलाबेलामा स्थलगत अनुगमन गर्दै निर्देशन दिने गरे पनि त्यसको प्रत्यक्ष असर पर्ने गरेको देखिँदैन । राष्ट्रिय योजना आयोगका अनुसार अहिले राष्ट्रिय गौरवका आयोजनाको संख्या २१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ