काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताएका छन् ।
सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्री प्रचण्डले आफूले छिटै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षण गर्न लागेको बताएका हुन् ।
“म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदै छु । खबरदारी र निरन्तरको चासो र त्यप्रतिको लगावले मात्रै विकास, सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्नुहोला ।’’ उनले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा कहिले निस्किने त्यो भने खुलाएका छैनन् ।
प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्नेमा उनको जोड थियो । “हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ । तर, प्रदेशहरू केन्द्रप्रति निर्भर हुनेजस्तो अवस्था अन्त्य गर्नुपर्छ । त्यसका लागि प्रदेशहरू नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ । प्रदेशहरूमा राम्रो गरेपछि केन्द्रीय तहमा नेतृत्व गर्ने संस्कृतिका लागि हामी गम्भीर हुनुपर्छ ।’’
निर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजनामा मात्रै वार्षिक करिब ८० अर्ब रुपैयाँ विनियोजन हुँदै आएको छ । तर, अपेक्षित काम हुन नसकेको चौतर्फी गुनासो आउने गरेको छ ।
समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न विभागीय मन्त्री र संसदीय समितिहरूले बेलाबेलामा स्थलगत अनुगमन गर्दै निर्देशन दिने गरे पनि त्यसको प्रत्यक्ष असर पर्ने गरेको देखिँदैन । राष्ट्रिय योजना आयोगका अनुसार अहिले राष्ट्रिय गौरवका आयोजनाको संख्या २१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयहरूले बजेट र कार्यक्रम आर्थिक वर्ष सुरु हुनुअघि पारित गरिसक्यो : प्रधानमन्त्री
साउन ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल
सेवा प्रवाहमा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गमा निर्मित रतुवा पुलको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली