जनकपुरधाम । धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन भएकाे छ । भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।
आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरी चक्काजाम गरेका हुन्।मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनभन्दा पहिला नै प्रहरीलाई खबर गरेपनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् ।
१४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपति भारतमा हत्या भएको थियो ।
मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो ।
गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन
गृहमन्त्रीद्वारा जेन–जी शहीदको सम्झनामा दीप प्रज्वलन
‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’ : गृहमन्त्री गुरुङ
गृहमन्त्रीको निर्देशन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ
केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी