काठमाडौं । गैर आवासीय नेपाली संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न आग्रह गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न अनुकुल वातावरण निर्माणका लागि आग्रह गरेका हुन । अध्यक्ष केसीले नेपाल सरकारको सहितको लगानी भएको करीब १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेण्ट फण्ड लि कम्पनी कार्यान्वयनमा ल्याउन देखा परेका कानूनी बाधा व्यवधानलाई हटाउन उद्योगमन्त्री समक्ष आग्रहसमेत गरेका छन् । लगानी सम्बन्धमा विद्यमान न्युनत्तम २ करोडको मापदण्ड हटाउन समेत अध्यक्ष केसीले गरेका हुन
यस्तै अर्का अध्यक्ष कुल आचार्यले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाई समाधानका लागि अन्तर मन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन संघका तर्फबाट उद्योगमन्त्री भण्डारी समक्ष आग्रह गरे । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पुजीँसहित उनीहरुको ज्ञान, सीप र क्षमता भित्र्याउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
जवाफमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीलाई लगानीका लागि देखा परेका नीतिगत तथा कानूनी व्यवधान हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको वास्तविकता माझ गैरआवासीय नेपालीको पूँजी भित्र्याउन सरकार तत्पर रहेको मन्त्री भण्डारीको भनाई थियो । उनले भने, 'विश्वभर आर्थिक मन्दी छ, नेपालको अर्थतन्त्र अझ समस्यिाग्रस्त छ, तसर्थ, धरासायी अर्थतन्त्रलाई चलायमान बनाउन गैरआवासीय नेपालीको लगानी अपरिहार्य छ, लगानी भित्र्याउन सरकार प्रतिबद्ध छ ।” अर्थतन्त्र धरासायी हुँदा नेपालीकै पूँजी सदुपयोग गर्न पाउनु सरकारका लागि समेत खुशीको कुरा भएको भन्दै मुनाफासहितको लगानीका लागि सरकारले सहजीकरण गर्ने मन्त्री भण्डारीले बताए ।
उद्योगमन्त्री भण्डारीले गैरआवासीय नेपालीका नीतिगत माग सकेसम्म संसदको चालू अधिवेशनबाटै टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “राज्यका कुनै पनि नीतिबाट तपाईहरु वञ्चित हुनु पर्ने छैन, नीतिगत रुपमा सबै मुद्दा सम्बोधन हुँदै जानेछन् ।”
भेटका अवसरमा संघका महिला सचिव राधिका गुरुङ, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?