मन्त्रालय परिसरकै क्यान्टिनमै खाए मन्त्रीले खाना, स्वास्थ्य क्षेत्रमा सुधार गर्ने घोषणा

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, १४ : १८
मन्त्रालय परिसरकै क्यान्टिनमै खाए मन्त्रीले खाना, स्वास्थ्य क्षेत्रमा सुधार गर्ने घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधार्ने बताएका छन् ।

मंगलबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएसँगै मन्त्री गिरीले सुधारको पहलस्वरुप कान्ति बाल अस्पतालको निरीक्षणमा पुगेका थिए । 

यस्तै बुधबार उनले मन्त्रालयमा पुगेर मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । उनले बुधबार खाना मन्त्रालय परिसरकै क्यान्टिनमा खाएका थिए । 

गिरि एमालेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका हुन् । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति र सुधारका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै उनले त्यसमा आफू लागिपर्ने प्रतिबद्धता जनाए । 

मन्त्री गिरीले कान्तिको अनुगमनमा पुग्दा बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि आफू लागिपर्ने भन्दै गिरीले सबैको साथको अपेक्षा रहेको समेत पदभारका क्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस