काठमाडौँ। नेकपा (एमाले)का सांसद पदम गिरीले वर्तमान सरकारले गरेका कामलाई चुनौती दिन नसकेर प्रमुख प्रतिपक्ष लगायतका दलले जनतामा भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै गिरीले प्रतिपक्ष लगायतका दललाई यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेन भ्रमणमा गएको टोलीमा सबै सदस्य फर्किसकेको दाबी गर्दै नफर्किएको भनेर भ्रम फैलाएको बताए ।
उनले भने, ‘यतिबेला विकास निर्माणको सवालमा सरकारले गरेका कामलाई चुनौती दिन नसके पछाडि स्पेन जाँदा प्रधानमन्त्रीले प्रतिनिधि मण्डलमा लगेका मान्छे विदेश लुकेका छन् भनेर जनतामा भ्रम फैलाउने काम भयो । प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय उच्चस्तरीय भ्रमण टोली थियो, त्यो जस्ताको तस्तै नेपाल फर्किएको छ ।’
सांसद गिरीले यस अघि विश्वका विभिन्न मुलुकमा गएर नफर्किएका व्यक्तिको वर्तमान सरकारले कसरी जिम्मा लिन सक्छ भन्दै प्रमुख प्रतिपक्ष दल लगायतलाई प्रश्न गरेका छन् ।
उनले भने, ‘अघिपछि कुन जहाजमा को मान्छे संसारभरि गयो, त्यसको जिम्मा सरकारले लिन सक्छ रु यस्ता भ्रमपूर्ण कुरा गरेर जनतामा भ्रम पार्ने कोसिस भएको छ र हाम्रो सरकारले गरेका कामहरूलाई ओझेलमा पार्ने, जनतामा लाई छायामा पार्ने र भ्रम पार्ने कोसिस भएको छ । यस तर्फ पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी
बाउन्स चेकको भुक्तानीमा १० प्रतिशत ब्याज लाग्ने प्रस्ताव