काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले मिसन ०८४ को लक्ष्य पूरा गर्नका लागि पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व आवश्यक रहेको बताएका छन् ।
सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा गिरीले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रियता देखाएसँगै उब्जिएको बहसबारे आफ्नो धारणा राख्दै उनले सदस्यता नवीकरणको विषय प्राविधिक नभई राजनीतिक विषय भएको बताए ।
‘केपी ओलीले पार्टीलाई संकटपूर्ण अवस्थाबाट जोगाउँदै यहाँसम्म ल्याउनुभयो । ०७९ को निर्वाचनमा एमाले विरुद्ध महागठबन्धन नै बन्यो,’ गिरीले बैठकमा भने, ‘उहाँकै नेतृत्वमा लोकप्रिय मतको हिसाबले एमाले पहिलो पार्टी पनि बन्यो ।’
उनले समृद्धिको मुद्दामा ओलीको भिजनमै मुलुक अघि बढिरहेको समेत बैठकमा बोल्ने क्रममा बताए । ‘समृद्धिको मुद्दामा ओलीकै भिजनमा मुलुक अघि बढिरहेको छ,’ गिरीले बैठकमा भने, ‘तसर्थ, मिसन ०८४ को लक्ष्य पूरा गर्न पनि ओली नै आजको आवश्यकता हो ।’
गिरीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय प्राविधिक नभई राजनीतिक विषय भएको पनि बताए । ‘पूर्व राष्ट्रपति राजनीतिमा फर्कँदा उक्त पदको गरिमा रहन्छ कि रहँदैन ? यस्तो निर्णयले गणतन्त्र, हाम्रो राजनीतिक प्रणाली र व्यवस्थालाई जनस्तरमा कस्तो असर गर्छ ? भन्ने कुराको पार्टीले राम्रो विश्लेषण गरे निष्कर्षमा पुग्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलमा रहेका अपराधी उम्काउन जेन जीले आन्दोलन गरेका थिएनन् : पदम गिरी
पदम गिरीको आरोप-‘सरकारले गरेका कामलाई चुनौती दिन नसकेर जनतामा भ्रम फैलाउन खोजियो’
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी