काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि पनि सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बन्नु डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय बन्ने बताएका छन्।
जेन जीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम हुँदा पनि सुरक्षा निकायको सतर्कता, सजगता र संयमता नदेखिएको उनको बुझाइ छ।
उनले भनेका छन्, ‘देशमा सुशासन कायम होस,विकासको मूल फुटोस् , युवाले देशमा नै रोजगारी सहितको सम्मानित र सुरक्षित जीवन जिउने उज्यालो भविष्यको खोजी गर्न सकौँ भनी नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा आउनु भएको थियो । तथापि भदौ २३ गते,एकातर्फ देश बन्नु पर्दछ भन्ने पवित्र उद्देश्य बोकेको जेन जीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम भयो भने अर्को तिर सुरक्षा निकायको सतर्कता, सजगता र संयमता पनि देखिएन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिसन ०८४ का लागि ओलीकै नेतृत्व आवश्यक: पदम गिरी
पदम गिरीको आरोप-‘सरकारले गरेका कामलाई चुनौती दिन नसकेर जनतामा भ्रम फैलाउन खोजियो’
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी