काठमाडौँ । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौँ महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरूले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ छ ।
आज फेसबुकमा स्ट्याटस लेख्दै पूर्वमन्त्री गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।
ती देशी-विदेशी शक्ति को हुन् र उनीहरूले एमाले महाधिवेशन भाँड्न कस्तो खालको षडयन्त्र गरिरहेका छन् भन्ने गिरीले खुलाएका छैनन् ।
लेखेका छन्, ‘एमालेको महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन भाँड्न देशी विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ । वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस्, सरकार स्वयंले यसको ठुलो मूल्य चुकाउनुपर्नेछ ।’
‘साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोही लाई पनि इतिहासले माफी दिने छैन,’ गिरीले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलमा रहेका अपराधी उम्काउन जेन जीले आन्दोलन गरेका थिएनन् : पदम गिरी
मिसन ०८४ का लागि ओलीकै नेतृत्व आवश्यक: पदम गिरी
पदम गिरीको आरोप-‘सरकारले गरेका कामलाई चुनौती दिन नसकेर जनतामा भ्रम फैलाउन खोजियो’
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र हो : पदम गिरी