काठमाडौँ । क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विमान स्थलमा खटिएकाे नेपाल प्रहरीकाे टाेलीले दुबई हुँदै क्रोएसिया जान लागेका राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेका हुन्।
उनीहरूको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ, जबकी राहदानीमा त्यति रकम दरपिट गरेको थिएन।
सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थालको गेट बाहिर पक्राउ गरेको छ। उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ।
थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ