काठमाडौं । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ। पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन।
विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले पेन्सन खुवाउन नसकिएको बताए।
विश्वविद्यालयले गत आर्थिक वर्षमा रू २८ अर्ब बजेट विश्वविद्यालयसभाबाट पारित गरेको थियो भने सरकारले रू नौ अर्ब बजेट दिएको थियो। विश्वविद्यालयले रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको रजिष्ट्रार दाहालले बताए।
विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेकोमा सरकारले १३ हजार जनाका लागि मात्रै तलब भत्ता पठाउने गरेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न माग
त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाः आज १४ जनाको अन्तर्वार्ता
एक साताभित्र त्रिवि उपकुलपतिको नाम सिफारिस गर्ने तयारी
त्रिवि उपकुलपतिको सर्टलिस्टमा १४ जनाको नाम सार्वजनिक
त्रिवि उपकुलपतिको सर्ट लिस्टमा १२ देखि १५ जना पर्ने