चितवन । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर २१ का बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गरेको छ । भरतपुर २१ रगिलामा रहेको आधारभूत बिद्यालय रगिला र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुर स्कुलमा पुगेर न्यानो कपडा बितरण गरेको महानगरपालिकाले जनाएको छ ।
आधारभूत बिद्यालय रगिलामा ८१ जनालाइ र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुरका २८ जनालाइ बालबालिकाललाइ न्यानो कपडा बितरण गरिएको हो । मेयर सग बालबालिका कार्यक्रम मुलत बालबिकास देखि कक्षा ५ सम्मका बालबालिकाहरु प्रती लक्ष्यित छ ।
कार्यक्रममा न्यानो कपडा बितरण गर्नु हुँदै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले अब कुनै पनि बालबालिका चिसो बाट प्रभावित हुन नपर्ने बताउनु भयो । चिसोबाट थप कोहि पनि प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले स साना बालबालिकाहरुलाइ लक्ष्यित गरेर न्यानो कपडा बितरण गरेको उप प्रमुख अधिकारीको भनाइ रहेको छ ।
केही दिन अघि देखि चितवन सहित देशै भरिको मौसममा परिवर्तन आएको छ । जाडो बढे सगै भरतपुर लगाएतका स्थानहरुमा दिउँसै आगो बालेर बस्नेहरुको लर्को देखिन्छ । विशेष गरि तराइ जिल्लाका नागरिकहरु बढी मात्रमा चिसोबाट प्रभावित भएको देखिन्छ । चिसोले अझ बढी मात्रमा साना बच्चाहरुलाइ प्रभावित बनाएको बाल चिकित्सकहरुले बताएका छन ।
बालरोग बिषेशज्ञ डा आमोद बहादुर थापा बच्चाहरुलाइ चिसोबाट जोगाउनको लागि विशेषगरि न्यानो कपडामा ध्यान दिनुपर्ने तर्क राखे। बिहानको खुल्ला आकाश र शितबाट मात्रै भएपनी बच्चाहरुलाइ जोगाउन सकिएको खण्डमा बच्चाहरु चिसोबाट थप प्रभावित हुन नपाउने डा थापाको भनाइ छ । यदि बच्चाहरुलाइ चिसो भएको कुनै लक्ष्यण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार औसधि सेवन गराउनु पर्ने डा थापाको भनाइ छ ।
यस अघि भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान