काठमाडौं । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ-जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो ।
टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्याएपनि केही प्राविधिक विषयका कारण फाइभ-जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।‘हामीले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा भेटियो,’ उनले भने,’त्यसका कारण पनि हामीले परीक्षण केही पछि लगेका हौं ।’
टेलिकमले १ जनवरीबाट फाइभ-जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर फाइभ-जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ ।
सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ पुस २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर