काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जाडो बढेसँगै हिउँदे बिदा दिने निर्णय गरेको छ । जसअनुसार आजदेखि त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा बिदा हुनेछ ।
त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ पुस २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग
पठनपाठन रोकिएपछि त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन
त्रिविमा नेविसंघको प्रदर्शन
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत