नेपाल सुनचाँदी व्यवसायी महासंघले यो सातामा तोलामा ११ सय रुपैयाँले सुनको मूल्य बटेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातामा ११ सय रुपैयाँले मूल्य बटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बटेर १ लाख १४ सय रुपैयाँ कायम भएको हो । साताको पहिलो कारोबार दिन आइतबार एकै दिन २०० रुपैयाँले सुनको मूल्य बढेको थियो ।
यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २०० र बुधबार ४०० ले बढेको थियो । जुन विहीबार पुनः २०० ले घटेको थियो भने शुक्रबार एकैदिन ५०० रुपैयाँले बढेको थियो । पछिल्लो समय सुनको मूल्य उकालो लागिरहेको छ ।
यस्तै, यो साता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ रहेको जानकारी दिएको थियो । जुन यो साता बढेर तोलामा १३ सय ९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, नयाँ कीर्तिमान
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?