काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १२ गते साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कुल १८ अर्ब ५० करोड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको हो ।
सोमबार अर्थात् पुस ११ गते उक्त ट्रेजरीको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रूपैयाँ छुट्याइएको छ ।
यसअघि पुस ४ गते राष्ट्र बैंकले तीन किसिममा कुल १० अर्ब ८६ करोड रूपैयाँको ट्रेजरी बिल्स बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर