काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १२ गते साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कुल १८ अर्ब ५० करोड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको हो ।
सोमबार अर्थात् पुस ११ गते उक्त ट्रेजरीको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रूपैयाँ छुट्याइएको छ ।
यसअघि पुस ४ गते राष्ट्र बैंकले तीन किसिममा कुल १० अर्ब ८६ करोड रूपैयाँको ट्रेजरी बिल्स बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
१४ माइक्रोफाइनान्स राष्ट्र बैंकको कारबाहीमा
४० अर्ब रुपैयाँ दीर्घकालीन निक्षेप संकलन गर्दै राष्ट्र बैंक
पूर्वाधार विकास बैंकको कर्जा खरिद-बिक्री समय सीमा ३ वर्ष थप
ट्रेजरी बिलमार्फत १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी