काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले पूँजी कोष नपुर्याउने तथा बचतकर्तालाई दिने ब्याजदर न्यून कायम गरेको पाएपछि कारबाही गरेको हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष तोकिए भन्दा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ । त्यस आधारमा संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाको पूँजीकोष ८ प्रतिशत भन्दा कम छ । यो लघुवित्त समस्याग्रस्त घोषणा भएको र फुकुवाको क्रममा रहेको छ ।
चालु आवको पुससम्ममा नाडेप लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई पनि न्यून पूँजीकोष अन्तर्गत कारबाही गरिएको बैंकले जनाएको छ । त्यसैगरी फरवार्ड माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, यूनिक लघुवित्त र मातृभूमि लघुवित्त वित्तीय संस्थाले पनि पूँजीकोष बढाउनुपर्ने अवस्था देखिएको बैंकले जनाएको छ । तर, सञ्चालनमा रहेका अन्य ४५ वटा लघुवित्त वित्तीय संस्थाहरूले पूँजीकोषमा तोकिएको सीमा कायम गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०८२, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी