काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा ४०० ले सुनको भाउ उकालो लागेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ थियो ।महासंघले यो साताको शुक्रबारसम्ममा छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।
यसबीच साताको आइतबार सुनको मूल्य तोलामा ६०० ले बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको थियो । बुधबार एकै दिन ८०० ले बढ्दा विहीबार पुनः ३०० ले बढेपनि शुक्रबार एकै पटक १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको थियो ।
यसैगरी, यो साता चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २० रुपैयाँले चाँदीको मूल्य बढेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो । जुन, यो साता १३ सय ९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज पनि घटयो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?