काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले मंगलबार बोल कबोल गर्ने भएको हो । सूचना अनुसार पुस ५ गते २ बजे विकास ऋणपत्रको खरिद बोल कबोल हुनेछ । इच्छुक खरिदकर्ताले २ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् ।
सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ऋणपत्रको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक रुपमा बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री हुनेछ । तर, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।
ऋणपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिक (६÷६ महिना) मा हुने तर सो ब्याजमा ब्याजकर लाग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेवा सुरु गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह
वित्तीय प्रणालीबाट ५० अर्ब अधिक तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
२ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैक, के छन् शर्त ?
२५ दिनका लागि ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
३५ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक