काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बुधबार जारी गर्ने गरी तीन वर्षे विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको हो । सूचना अनुसार आज दिउँसो अपरान्ह २ बजे ऋणपत्रको बोलकबोल हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत तय गरिनेछ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धीका लागि कुल रकमको ८५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड रुपैयाँ र विनाप्रतिस्पर्धीका लागि बाँकी १५ प्रतिशतले अर्थात् ३ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।
२०७९ मंसिर २८ गते जारी भएर आगामी २०८२ मंसिर २८ गते परिक्व हुने ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा प्रदान गरिने र सो ब्याजमा ब्याजकर लाग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर