काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बुधबार जारी गर्ने गरी तीन वर्षे विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको हो । सूचना अनुसार आज दिउँसो अपरान्ह २ बजे ऋणपत्रको बोलकबोल हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत तय गरिनेछ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धीका लागि कुल रकमको ८५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड रुपैयाँ र विनाप्रतिस्पर्धीका लागि बाँकी १५ प्रतिशतले अर्थात् ३ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।
२०७९ मंसिर २८ गते जारी भएर आगामी २०८२ मंसिर २८ गते परिक्व हुने ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा प्रदान गरिने र सो ब्याजमा ब्याजकर लाग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक