काठमाडौं । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।
१८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सिट जितेको छ । यस्तै कांग्रेसले १७ र आम आदमी पार्टी (आप)ले ५ सिट जितेका छन् । भाजपाको यो जित गुजरातमा हालसम्मकै धेरै सिट जितेको रेकर्ड हो ।
यसअघि सन् १९८५ मा भएको सातौं विधानसभामा निर्वाचनमा कांग्रेसले १४९ सिट जितेर सबैभन्दा धेरै सिट जितेको रेकर्ड राखेको थियो । त्यतिबेला भाजपाले केबल ११ सिट मात्र जितेको थियो । यसपटकको निर्वाचनमा भने भाजपाले रेकर्ड तोड्न सफल भएको छ । सन् २००२ मा भाजपाले गुजरात विधानसभामा १२७ सिट जितेको थियो ।
सन् २०१७ को गुजरात विधानसभा निर्वाचनमा भाजपाले ९९ र कांग्रेसले ७७ सिट जितेका थिए । हिमाचल प्रदेशको विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ । यहाँ कांग्रेसले ४० सिट जित्दा भाजपाले २५ सिट जितेको छ । आम आदमी पार्टीले एक सिट पनि जित्न सकेन ।
२०१७ को हिमाचल विधानसभा चुनावमा भाजपाले ४४ सिट जित्दा कांग्रेसले २१ सिट जितेको थियो । यसपटक भने भाजपाले हिमाचलको सत्ता गुमाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?