काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २००, ५०० र १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने भएको हो ।
रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलब्ध हुने कम्पनीे जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी र रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
यो अफर मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या