चितवन । भरतपुर महागरपालिकाले व्पसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ ।
भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/ ८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तरगत व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा ५० प्रतिशत अनुदान कार्यक्रम समावेश गरिएको थियो । यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्सहान गर्न सहयोग पुराउने महानगरले अपेक्षा लिएको छ ।
आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदान लगायतको विभिन्न अनुदानका कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान