च्याम्पियन्स लिग : एसी मिलानमाथि चेल्सीको जित

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, १० : ५२
च्याम्पियन्स लिग : एसी मिलानमाथि चेल्सीको जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जर्गिन्हो र पिएरे इमरिक औवामियाङले गोल गरे । खेलको १०औं मिनेटमा पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए ।३४औं मिनेटमा औवामियाङले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो ।

यस जितसँगै समूह ‘ई’ मा चेल्सी ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित मिलानले ४ अंक जोडेर तेस्रोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस