काठमाडौं । निर्वाचन आयोगले संवत् २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानूनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको छ ।
आयोगले सो निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिइएइको हो ।
आयोगले कानुनबमोजिमको जरिवाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजस्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश/जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ असोज २०७९, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा