च्याम्पियन्स लिग  : बार्सिलोना पराजित

एजेन्सी

बुधबार, २९ भदौ २०७९, ०८ : २४
च्याम्पियन्स लिग  : बार्सिलोना पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ ।

समूह 'सी' अन्तर्गत गएराति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो ।

५० औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा  बायर्न २-० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न  ६ अंक जोडेर शीर्ष स्थानमा छ ।  

पहिलो हार बेहोरेको बार्सिलोना  ३ अंक जोडेर दोस्रो स्थानमा छ । समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो ।  

प्रतिक्रिया दिनुहोस