नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भ्रमणका क्रममा दुई नेतृबीच द्धिपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरुले दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए ।
मंगलबार नै प्रधानमन्त्री हसिनाले उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेकी थिइन् । चार दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदी र भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई पनि भेट गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ भदौ २०७९, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु