एजेन्सी । शेख हसिना सरकारको पतनपछि बंगलादेशमा पहिलोपटक आम निर्वाचन हुन लागेको छ । करिब १७ करोड जनसंख्या भएको बंगलादेशमा ४२ हजार मतदान केन्द्र स्थापना गरिएको छ ।
बंगलादेशका प्रहरी प्रमुख बहरुल आलमका अनुसार, अशान्ति, हिंसा वा मतपत्रमा हेरफेरको आशंकाका कारण २४ हजारभन्दा बढी मतदान केन्द्रहरूलाई उच्च जोखिम वा मध्यम जोखिम भएको केन्द्रका रूपमा पहिचान गरिएको छ । यो कुल मतदान केन्द्रहरूको आधाभन्दा बढी हो ।
स्थिति नियन्त्रणमा राख्न मतदान केन्द्रहरूमा एक लाख ५७ हजारभन्दा बढी प्रहरी कर्मचारीहरू खटाइने उनले बताएका छन् । सेना तथा अन्य सुरक्षा बलका करिब एक लाख जवानहरूले पनि प्रहरीलाई सहयोग गर्नेछन् ।
निर्वाचन सुरक्षामा कुल एक लाख ५७ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने बताइएको छ ।
यसपटक निर्वाचनमा प्रविधिको मुख्य भूमिका रहने बताइएको छ । निर्वाचन आयोगको पहलमा ८० देखि ९० प्रतिशत मतदान केन्द्रहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
आलमले जोखिमयुक्त केन्द्रहरूमा प्रहरीले पहिलोपटक बडी क्यामरा लगाएर गस्ती गर्ने जानकारी दिए । साथै प्रहरी उपरीक्षकहरूले क्षमता र आवश्यकता अनुसार उपलब्ध स्थानहरूमा ड्रोनमार्फत निगरानी गर्ने महानिरीक्षक आलमले बताए ।
यसको उद्देश्य निगरानी र पारदर्शिता बढाउनु हो । बंगलादेशमा निर्वाचन प्रक्रिया ११ डिसेम्बरबाट सुरु भएको थियो । ९ फेब्रुअरीमा निर्वाचन प्रचार समाप्त भएको छ ।
प्रहरी रेकर्डअनुसार, यो अवधिमा राजनीतिक झडपहरूमा पाँचजनाको मृत्यु भएको छ । ६०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
आलमले सन् २०२४ को अशान्तिको समयमा प्रहरीबाट लुटिएका करिब १३ सय बन्दुकबारे पनि चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन