च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक हुँदै

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १४ : ३५
च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक हुँदै

काठमाडौं । नयाँ सिजनका लागि युइएफएले बिहिबार राति ड्र सार्वजानिक गर्दै छ। टर्कीको राजधानी इस्तानबुलमा हुने ‘ड्र’ राति ९׃४५ बजे सुरु हुने छ। आउँदै गरेको कतार विश्वकपलाई मध्यनजर गर्दै यो पटक च्याम्पियन्स लिगको समूह चरण ९ हप्तासम्म खेलाइने छ।

‘ड्र’ का लागि छनोट भएका ३२ टिमलाई एक पटमा आठ टिमहरू रहनेगरी चार पटमा विभाजन गरिएको छ। समूहमा प्रत्येक पटबाट समान एक-एक टिम छानिने छन्।पछिल्ला वर्षहरूमा टप स्कोररका रूपमा रहेका केही खेलाडीहरूले यो समरमा क्लब परिवर्तन गरेकाले च्याम्पियन्स लिगको नयाँ सिजनलाई थप बहुप्रतिक्षित मानिएको छ।

रोबर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो नम्बरमा रहेका छन्। उनले वार्यन म्युनिखबाट यो पटक बार्सिलोनामा आफूलाई स्थान्तरण गरेका छन्। उनले च्याम्पियन्स लिगमा कुल ८६ गोल गरेका छन्। यस्तै, १० गोल गरेका साडियो मानेले लिभरपुलबाट छोडेर वार्यन म्युनिख गएका छन्। त्यस्तृ डार्विन नुनेजले ६ गोल गरेका छन्। उनले मानेलाई एनफिल्डमा प्रतिस्थापन गर्ने छन्।

त्यस्तै, २०२०-२१ मा च्याम्पियन्स लिगमा गोल्डेनबुट विजेता एर्लिङ हालान्ड यो पटक डर्टमन्ड छाडेर म्यानचेस्टर सिटी आएका छन्। उनले पछिल्ला १९ खेलमा २३ गोल गरेका छन्।

फरक क्लबबाट समेत यो पटक स्टार खेलाडीहरुलाई प्रमाणित गर्नु पर्ने चुनौतीबीच यो पटकको च्याम्पियन्स लिग रोमाञ्चक हुने आँकलन गरिएको छ।

पट १׃ रियल मड्रिड, आइनट्राच्ट फ्रायंकफर्ट, म्यानचेस्टर सिटी, एसी मिलान, बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन (पिएसजी), पोर्टो, आयाक्स

पट २׃ लिभरपुल, चेल्सी, बार्सिलोना, युभेन्ट्स, एट्लेटिको मड्रिड, सेभिया, आरबी लाइपजिग, टोटनहम

पट ३׃ बोरुसिया डर्टमन्ड, साल्जबर्ग, सख्तर डोनेस्क, इन्टर मिलान, नेपोली, बेन्फिका, स्पोर्टिङ लिस्बन, बायर्न लेभरकुजेन

पट ४׃ रेन्जर्स, मार्से, कोपनहेगन, क्लब ब्रुगेस, सेल्टिक, भिक्टोरिया प्लाजेन, मकाबी हैफा, डाइनामो जर्गेब

प्रतिक्रिया दिनुहोस