दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजेको आसपासमा बबई खोलाको पुल नजिक आगजनी गरेका हुन्।
चार-पाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो लगाएर भागेका थिए। आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ। घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए।
चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो
बाल सुधारगृहमा झडप र आगजनी
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
माओवादीको केन्द्रीय कार्यालयमा आगजनी
संसद भवनमा आगजनी