काठमाडौं । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
साथै उनीहरूको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा